विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा दुई-दुई र उर्लाबारीमा एक, सुनसरीको इटहरीमा तीन, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक-एक, झापाको शिवसताक्षी र विर्तामोडमा एक-एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज नौ महिलासहित १६ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।