प्रधानमन्त्रीको निर्देशनपछि झापाका हजार घरमा पाइपलाइनमर्फत बायोग्यास जडान गरिँदै

झापा झापाको कन्काई–२ सुकेडाँडामा उत्पादन भएको बायोग्यास अब पाइपलाइनमार्फत सुरुंगा बजारसहित आसपासका करिब एक हजार घरमा पुर्‍याइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नेपाल आयल निगमले ‘सिटी ग्यास पाइपलाइन’ जडान गरी घर–घरमा ग्यास वितरण गर्ने कार्यमा लगानी गर्न लागिएको हो।

आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार प्रधानमन्त्री ओलीले २३ वैशाखमा बालुवाटारमा बोलाएर झापामा उत्पादित बायोग्यास खेर नजाओस् भनेर पाइपलाइनमार्फत वितरणको निर्देशन दिएका थिए। सो निर्देशनपछि निगमले प्रारम्भिक अध्ययन अघि बढाएको हो।

EPIC EPIC EPIC

७ करोडको लागतमा पाइपलाइन

सुकेडाँडामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५ सालदेखि निर्माण सुरु गरिएको बायोग्यास प्लान्टले तीन वर्षदेखि ग्यास उत्पादन गरिरहेको छ। प्लान्टमा उत्पादित ग्यास घर–घर पुर्‍याउन करिब ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

निगमका उपनिर्देशक प्रदीप यादवका अनुसार काठमाडौं विश्वविद्यालयलाई पाइपलाइन जडानको जिम्मेवारी दिने गृहकार्य भइरहेको छ। “पूर्वाधार निर्माणको खर्च निगमले बेहोर्नेछ,” यादवले भने, “पाइपलाइन जडानको प्राविधिक पक्षको जिम्मा केयूको टोलीले लिनेछ।”

फोहोरबाट उर्जामा रूपान्तरण

बायोग्यास प्लान्ट कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट संकलित कुहिने फोहोर र पशुपंक्षीको गोबर प्रयोग गरेर सञ्चालनमा ल्याइएको हो। कन्काई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलका अनुसार प्लान्टले एक हजार घरमा ग्यास आपूर्ति गर्ने क्षमता राखेपनि पूर्वाधार अभावले पूर्ण उपयोग हुन सकेको छैन।

हाल प्लान्टको दैनिक ग्यास उत्पादन क्षमता ६५० किलो भए पनि ५० किलोको सिलिन्डरमा ६ किलो मात्र ग्यास भरिने र ढुवानी झन्झटिलो भएकाले एक होटलमा मात्र खपत भइरहेको छ। ‘ठूलो सिलिन्डरमा कम ग्यास भरिनु र ढुवानी कठिन हुनुका कारण पाइपलाइन नै दीर्घकालीन समाधान हो,’ उपनिर्देशक यादवले बताए।

निगमले प्रधानमन्त्रीलाई कार्ययोजना पेश गर्दै

निगमले एक साताभित्र प्रधानमन्त्रीलाई सिटी ग्यास पाइपलाइन परियोजनाको कार्ययोजना पेश गर्ने तयारी गरिरहेको छ। कार्ययोजना स्वीकृत भएसँगै सञ्चालक समिति बैठकबाट निर्णय गराई पाइपलाइन जडान कार्य सुरु गरिने निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक भट्टका अनुसार बायोग्यासको प्रयोगले फोहोर व्यवस्थापन, जैविक मल उत्पादन, र आयात हुने एलपी ग्यास खर्चमा समेत कटौती हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
4
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. राम्रो पहल , योजना दिर्घकालिन तवरमा संञ्चालन होस, सफलता को शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च