प्रधानमन्त्रीको बधाईपछि भावुक बने दुर्गेश थापा, लेखे– “धन्यवाद प्रधानमन्त्रीज्यू, केपी बा”

गायक दुर्गेश थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेका छन्।

थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्युज पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको भन्दै प्रधानमन्त्री ओलीले थापालाई बधाई दिँदै आफ्नो फेसबुकमा एक पोष्ट गरेका थिए। प्रमले लेखेका थिए, ‘आजको नयाँ पीढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई!’

EPIC EPIC EPIC EPIC EPIC

सोही पोष्टलाई रिसेयर गर्दै गायक थापाले भावुक हुँदै प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन गरेका हुन्। थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्युले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ। ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा १० करोड भ्युजको सफलताप्रति सार्वजनिक रूपबाटै बधाई र शुभकामना दिई हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ।’

उनले देशको प्रधानमन्त्रीले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिनेको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय भएको बताए। थापाले प्रधानमन्त्रीको शब्द केवल एउटा बधाई मात्र नभए नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन रहेको समेत जिकिर गरेका छन्।

उनले लेखेका छन्, ‘उनको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो। म प्रधानमन्त्रीज्युप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। यो सबै मेरो भगवान रूपी दर्शकहरूको मायाले सम्भव भएको हो। धन्यवाद, मेरा दर्शक–श्रोताहरू। धन्यवाद प्रधानमन्त्रीज्यु, केपी बा।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *