फाईजर खोप दीर्घ रोगीलाई लगाइने

देशभरका विभिन्‍न २४ अस्पतालमा फाईजर खोप लगाइने

काठमाडौँ सरकारले फाईजर खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई लगाउने भएको छ । अमेरिकन फाईजर खोप आगामी सोमबारसम्ममा नेपालमा उक्त खोप ल्याइने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाका डा. सागर दाहालले जानकारी दिए । कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६ सय खोप आयात हुन लागेको हो ।

EPIC EPIC EPIC

दाहालका अनुसार यसअघि खोप लगाउन छुटेका दीर्घ रोगीलाई उक्त खोप लगाइन्छ । सरकारले किड्नी, मुटु र मधुमेह जस्ता रोगीलाई खोप लगाउने तयारी गरेको छ  ।

देशभरका विभिन्‍न २४ अस्पतालमा फाईजर खोप लगाइने दाहालले जानकारी दिए । काठमाडौँ उपत्यकाको ९ वटा अस्पतालमा र बाँकी उपत्यका बाहिरका अन्य अस्पतालमा उक्त खोप लगाउने भएको हो ।

फाईजर खोप दुई डोज लगाउनुपर्ने दाहालले बताए । पहिलो डोज खोप लगाएको २१ दिनदेखि २८ दिनभित्रमा दोस्रो मात्रामा लगाउनुपर्नेछ । उक्त खोप अल्ट्रा लो टेम्प्रेचरमा राख्‍न मिल्ने गरी प्राविधिक रुपम व्यवस्थापन गरिएको छ ।

फ्रिजमा माईनस ७०-८० डिग्रीको तापक्रमसम्म व्यवस्थापन गर्न सकिने गरी तयारी खोप भण्डारणले शाखाले गरेको छ ।फाईजर खोप राख्‍न सय लिटरको चार वटा फ्रिज ल्याइएको छ । खोप राख्‍नका लागि फ्रिज युनिसेफले उपलब्ध गराएको हो ।

डेढ करोड बढी खोप भित्रियो

भारतबाट अनुदानस्वरुप प्राप्‍त १० लाख कोभिसिल्ड खोप नेपाल भित्रिएसँगै गत वर्षको माघ १४ गतेदेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या डेढ करोड बढीले लगाइसकेका छन् । यो समाचार तयार पार्दासम्म लक्षित जनसंख्याको पहिलो मात्रा ८५ लाख ८१ हजार १९५ दूवै मात्रा ६५ लाख ४६३ जनाले लगाएका छन् ।

चीनबाट अनुदानस्वरुप १८ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप, खरिद गरी १० लाख र कोभ्याक्स मार्फत ३ लाख ४८ खोप ल्याइएको थियो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन, फाइजरको कोभ्यान्टिक र  रसियन कम्पनी ‘स्पुटनीक भि’ले आपतकालीन प्रयोगका अनुमति दिएको छ । 

चीनले अनुदानस्वरुप थप  १६ लाख डोज खोप उपलब्ध गराउन लागेको छ । कात्तिक महिनाभित्र आयात गर्न लागिएको दाहालले जानकारी दिए । – इकागज

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *