फालेलुङमा पाँच शय्याको अस्पताल उद्घाटन

फिदिम। फालेलुङ गाउँ पालिकामा निर्मित पाँच शय्याकाे आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ । फालेलुङ ३ को नाम्लुवामा सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा १२ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको अस्पताल भवनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गर्नुभयो ।

अस्पताल भवन उद्घाटन गर्दै मन्त्री पौडेलले करोडौं खर्च गरेर निर्माण भएको भवनबाट नागरिकलाई भरपुर दिने वातावरण बनाउन लागि पर्ने बताउनुभयो ।

EPIC EPIC EPIC EPIC EPIC

मन्त्री पौडेलले स्वास्थ, शिक्षा र सडकको आधारभुत सुविधा नहुँदा गाउँहरू उजाड बन्दै गएको भन्दै अब त्यो अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले बनाउने नीती कार्यक्रममा आय मुलक कार्यक्रमलाई जोड दिन सुझाउनुभयो ।

‘स्थानीय सरकारले स्थानीय सापेक्षतामा आधारित रहेर उत्पादन मुलक निती बनाउनु पर्छ, गाउँगाउँमा आएका बाटो घाटो भएर बाहिर उत्पादन भएका सामग्री ल्याउन भन्दा रैथाने वस्तु निर्यात गरेर नागरिकको आयमा वृद्वी गर्ने तर्फ लाग्नुपर्छ’ मन्त्री पौडेलले भन्नुभयो । 

टोल र वडा तह सम्मका स्वास्थ्य संस्थाहरूमा दरबन्दी र उपकरण पुर्‍याउन तीन तहकै सरकारको लागत साझेदारी अनिर्वाय रहेको उहाँको भनाइ थियो ।

‘स्वास्थ्य संस्थाको सबलीकरण र दिगो सञ्चालनका सङ्घीय सरकार मार्फत हामी डाक्टर र केहि उपकरण पठाउँछौं, प्रदेश सरकारले नर्स र स्थानीय तहले अन्य स्वास्थ्कर्मीको व्यवस्थापन गरुन, आवश्यक उपकरणमा पनि तीन तहकै सरकारको लागत साझेदारी होस, त्यसो भयो भने हाम्रा स्वास्थ्य संस्था सुदृढ हुन्छन्,’ मन्त्री पौडेलले थप्नुभयो ।

फालेलुङ ३ नाम्लुवामा २०७८ साल देखि निर्माण सुरु भएको पाँच शय्या अस्पताल हालै सम्पन्न भएको हो । भवन निर्माणमा सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा १२ करोड २ लाख ३ हजार १ सय १४ रुपियाँ खर्च भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *