Search
Close this search box.
Search
Close this search box.

फ्राइडे रिलिजमा ‘एक भागवत र एक गीता’ र ‘नांङ्गो गाउँ’को भिडन्त

फ्राइडे रिलिज अन्तर्गत आजदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीज तथा संविधान दिवसलाई लक्षित गर्दै ‘एक भागवत् र एक गीता’(सामाजिक प्रेमकथा) र ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै फिल्मका लक्षित दर्शक फरक छन् ।

यी दुवै फिल्मले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनहलसम्म राम्रो शो पाएका छन् । क्यूएफएक्सले उपत्यकाका सिभिल, छायाँ सेन्टर, लाबिम र भाटभटेनी भक्तपुरमा गरेर ‘एक भागवत र एक गीता’लाई ९ शो र मोफसलमा १० गरी १९ शोज मात्र दिएको छ । यस्तै, ‘नाङ्गो गाउँ’ले क्यूएफएक्सको काठमाडौँ उपत्यकाको चेनमा १२ शोज मोफसलमा १५ शो सहित २७ शो पाएको छ ।

EPIC

यता वान सिनेमाज् नयाँ बानेश्वर र कालिमाटी गरि यी दुई फिल्मले ७-७ शोज पाएका छन् । बीग मुभिजले ‘एक भागवत् र एक गीता’लाई ५ शोज दिँदा ‘नाङ्गो गाउँ’लाई ४ शोज दिएको छ । चाबहिलको चुच्चेपाटीमा रहेको एफक्यूबले ‘नाङ्गो गाउँ’लाई ६ शोज दिँदा ‘एक भागवत् र एक गीता’लाई ४ शोज दिएको छ ।

फिल्म ‘एक भागवत र एक गीता’मा अभिनेता विपिन कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय रहेको छ ।

सुनिलकुमार थापाले निर्माण गरेको यस फिल्ममा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ ।

यस्तै, निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको ‘नाङ्गो गाउँ’मा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय छ । यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *