बनियानी। कचनकवल -६ बनियानी बजारमा रहेको एक मोबाइल रिपेयर पसलमा मर्मतका लागि ल्याइएको मोबाइल पड्किएको छ।
रियलमी कम्पनीको पुरानो मोडलको उक्त मोबाइल मर्मत गर्ने क्रममा पड्किएको हो।
मोबाइल मेकानिक कृष्ण राजबंशीका अनुसार, उक्त मोबाइलको ब्याट्री फुलेको अवस्थामा रहेकोले खोल्ने क्रममा अचानक पड्किएको हो। “मोबाइल निकै पुरानो थियो, ब्याट्री फुलेको देखेर खोल्दै गर्दा पड्कियो,” उनले बताए।
यद्यपि, मोबाइल पड्किँदा पसलमा रहेका कोही पनि व्यक्ति घाइते नभएको र कुनै पनि मानवीय क्षति नभएको उनले जानकारी दिए।