Search
Close this search box.
Search
Close this search box.

बर्खा स्मृति प्रतिष्ठानद्वारा ब्रेन ट्युमर पीडित बालकको उपचारका लागि सहयोग हस्तान्तरण

बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले ब्रेन ट्युमर र बोनम्यारो क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग गरेको छ ।

बुद्धशान्ति निवासी रिकेश फेम्बोको चार बर्षीय छोरालाई ब्रेन ट्युमर र बोनम्यारो क्यान्सर भर्इ उपचारको लागि धेरै रकम लाग्ने भएकोले खर्च अभाव भइरहेको अवस्थामा बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको तर्फबाट नगद पन्ध्र हजार सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । नगद हस्तान्तरण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर राय, संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, परिवार लगायतको उपस्थिति रहेको थियो ।

EPIC EPIC EPIC

आपत विपतमा परेकाहरूलाई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने गरि बुद्धशान्तिमा स्थापना भएको प्रतिष्ठानले ५० लाख रुपैँयाको अक्षयकोष र २० लाख कार्यालय व्यवस्थापन का लागि गरेर ७० लाख रुपैयाँमा छुट्याइएको छ । उक्त रकमबाटै प्रतिष्ठानले सामाजिक क्षेत्रमा कामका साथै सहयोग गर्दे आएको अध्यक्ष प्रसाईंले बताएका छन् ।

बालकको उपचारका लागि सबैले आ आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न वडा अध्यक्ष शेयर बहादुर रायले अपिल समेत गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *