कचनकवल। शनिवार साझ देखि परेको बर्षाका कारण किसानलाई केहि राहत भएको छ। लामो खडेरी पछि जसोतसो धान रोपेका कचनकवलका किसानलाई र प्रयाप्त धान रोप्न नपाएका किसानलाई बर्षा भएपछि केहि राहत भएको छ। असारको दोस्रो र तेस्रो साता केहि दिन प्रयाप्त बर्षा भएपनि भदौ लागे यता बर्षा भएको थिएन।
लगातार चर्को गर्मीसँगै खेतको धाँजा फाट्न थालेको थियो तर शनिबार साझदेखी परेको पानीले आफूलाई केहि राहत मिलेको कचनकवलका एक किसानले बताए।
झापाका हाल ९० हजार हेक्टर खेतीयोग्य जमिन भएपनि ८७ हजार ५ सय हेक्टरमा बर्खे धान खेती हुँदै आएको छ। साउनमा धान रोप्नका लागी प्रयाप्त रासायनिक मल र बर्षा नभएपनि किसानले वैकल्पिक सिचाइ पद्धति प्रयोग गरेर भएपनि हालसम्म झापामा ९८ प्रतिशत खेती भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले बताउनुभयो।