बारामा गएराती भारतिय नागरिकको गोली हानी हत्या

बारामा गएराति गोली हानी एक भारतीय युवकको हत्या भएको छ ।

भारतको मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहको गोली हानी हत्या भएको हो । उनको हत्या बाराको पचरौता नगरपालिका-६ लक्ष्मिनियास्थित पोखरी नजिक भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

दुई वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरी उनीहरु भारततर्फ भागेका छन् ।

घटना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट एक थान गोली बरामद गरेको बारा प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीलेनै उनी माथि गोली चलाएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतकको शव नारायणी अस्पताल वीरगञ्ज ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *