मनिष बराल, झापा। झापा जिल्ला बाल सञ्जालको आज दमक नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा बसेको बैठकले झापा जिल्ला भरिका सम्पूर्ण पालिकामा बाल सञ्जाललाई विस्तार गर्ने निर्णय गरेको छ ।
झापाका १५ वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा बाल सञ्जाल समिति गठन भइसकेको र बाकी ७ वटा पालिकामा बाल सञ्जाल समिति गठन नभएकाले बाल सञ्जाल समिति नभएका ठाउँमा चाँडै नै गठन गर्ने भनी निर्णय गरिएको हो ।
सबै पालिकामा बाल सञ्जाल समिति गठन गरेर विभिन्न ठाउँमा आफ्नो हक र अधिकार बाट वञ्चित भएर बाल श्रममा लागिरहेका बालबालिकाहरुको हक अधिकारको सुनिश्चितता गर्न उक्त कार्य गर्न लागिएको कुरा झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले बताए। उनले भनें,हाल सम्म बाल अधिकार हनन् भइरहेका धेरै क्षेत्रबाट बालबालिकाहरुको उद्धार गरेको र आउँदा दिनहरुमा पनि गरिरहने कुरा जानकारी गराए । उनका अनुसार, समयानुकूल बालबालिकासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु जिल्ला बाल सञ्जालले गर्दै आइरहेको छ ।