बिर्तामोडका पुराना निर्माण व्यवसायी हिमाल सिटौला पक्राउ

बिर्तामोड । झापाका पुराना निर्माण व्यवसायी हिमाल सिटौला चेक अनादर मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई मंगलबार पक्राउ गरिएको हो।

बिर्तामोड–७ निवासी सिटौलालाई पक्राउ गरेपछि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ।

EPIC EPIC EPIC

निर्माण व्यवसायीहरूका अनुसार राज्यले समयमा भुक्तानी नदिँदा ठेकेदारहरू आर्थिक समस्यामा परिरहेका छन्। एक व्यवसायीले भने, “राज्यले समयमा पैसा नदिँदा हामीले अन्य व्यवसायीको भुक्तानी रोक्नुपर्छ, जसको परिणाम यस्तो गिरफ्तारीमा देखिन्छ। यस्तो अवस्थामा निर्माण क्षेत्र कसरी अगाडि बढ्छ?”

सिटौलाले राज्यबाट १ करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको बुझिएको छ। व्यवसायीहरूका अनुसार निर्माण क्षेत्रमा देखिएको भुक्तानी समस्या समाधान नगरेमा भविष्यमा यस्ता घटनाहरू दोहोरिने खतरा रहन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च