झापा बिर्तामोडमा चितुवा देखिएको छ । आइतबार साँझ करिव ७:३० बजे को समयमा बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा चितुवा देखा परेको स्थानीय धनपति सत्यालले बताएको छ ।
सत्यल मोटरसाइकल बाट पूर्वतिर आउँदै गर्दा राजमार्ग उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको चितुवासंग झन्डै ठोक्किएको उनले बताए। उनका अनुसार चितुवा करिव तीन फुट अग्लो , पाँच फुट लम्बाईको रहेको छ ।
राजमार्ग दक्षिण चिया बगानभित्र गएको चितुवाबाट सतर्क गराउन आफूले प्रहरीलाई खबर गरिसकेको सत्यालले बताए ।