विर्तामोड । विर्तामोड नगरपालिका– २ मा रहेको कनकाई प्लाई उद्योगमा आज बिहान आगलागी भएको छ ।
विद्युत् सर्ट भएर आगालगी हुँदा करिब पाँच करोड रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।