बिर्तामोडमा छालाको पेटी पासो लगाएर झुन्डिएको अवस्थामा एक युवक मृत फेला

बिर्तामोड। झापाको बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

पाँचथर थालेलुङ गाउपालिका वडा नम्बर ४ घर भई हाल बिर्तामोडमा आफन्तसंग बस्दै आएका २३ बर्षका अर्पण साउदेन झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जानकारी दिएको छ ।

EPIC EPIC EPIC

उनी बिर्तामोड नगरपालिका वडा नम्बर १ भग्वान चोकस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयका एक कर्मचारी(आफ्न्त)सँग बस्दै आएका थिए।

आज बिहान अन्दाजी ०५ः३० बजेको समयमा सोही कम्पनीको कम्पाउण्ड भित्र रहेको आपको रुखमा आफ्नै छालाको पेटीको पासो लगाई झुण्डी मृत अवस्थामा उनी फेला परेको प्रहरीले बताएको छ ।

हाल घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ ।

स्रोतका अनुसार उनले कोरियन भाषा परिक्षामा फेल भएपछि आफुले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेको सुसाइड नोट समेत फेला परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च