झापाको कनकाईमा पेट्रोल छर्किएर युवाद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर

बिर्तामोड। झापाको बिर्तामोडमा एक युवाले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। सुनसरी जिल्लाको इनरुवा नगरपालिका-९ बलाहका १९ वर्षीय मिकेश चौधरीले बुधबार दिउँसो करिब १२:२५ बजे बिर्तामोड-४ स्थित एक सोफा हाउस (सोफा बिक्री गर्ने स्थान) मा काम गर्न आएका थिए।

उनले कन्काई नगरपालिका-४, कोटिहिम नजिक आत्मदाहको प्रयास गरेका थिए। स्थानीयले घटना समयमै देखेर प्रहरीलाई खबर गरेपछि उद्दार गरी उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको छ।

EPIC EPIC EPIC

अस्पताल स्रोतका अनुसार चौधरीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। उनका दुबै हात, पिसाब थैलीको केही भाग, कम्मर, दुबै कानसहित शरीरका अन्य भागमा गम्भीर चोट पुगेको छ। हाल उनको अवस्था गम्भीर रहेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *