बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परी कचनकवलका राजवंशीको मृत्यु

बिर्तामोड – झापाको कचनकवल गाउँपालिकाका दुई युवा सवार मोटरसाइकल विर्तामोड नगरपालिका–३, लालमाटी चौक नजिक दुर्घटनाग्रस्त भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका अनुसार, फाल्गुन १३ गते बिहान ५:४५ बजे लालमाटीबाट राम चौकतर्फ जाँदै गरेको प्र-०३-०२५ प ९५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा कचनकवल ३ का १९ वर्षीय मोटरसाइकल चालक गोबिन्द राजवंशी गम्भीर रूपमा घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका कारण उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए।

त्यस्तै, सोही स्थान बस्ने पछाडि सवार १८ वर्षीय अमित राजाको छातीमा चोट लागेको भए पनि उनको अवस्था सामान्य रहेको थियो।

दुर्घटनापछि दुवै जनालाई तत्काल विर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। गम्भीर अवस्थामा रहेका राजवंशीलाई सघन उपचार कक्षमा राखी उपचार गरिए पनि उनको मृत्यु भएको थियो।

अस्पताल प्रशासनले भने औपचारिक रूपमा मृत घोषणा गर्न केही समय लागेको थियो।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *