बिर्तामोड कांग्रेसका वडा सभापतिसहित दर्जनौँ नेता–कार्यकर्ता राप्रपामा प्रवेश

झापा । नेपाली कांग्रेस बिर्तामोडका वडा सभापति मदन गुरूङ्गसहित दर्जनौँ नेता–कार्यकर्ताले आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य छविराम आचार्य, क्रियाशील सदस्यहरू भोलानाथ भट्टराई, पुकार अर्याल, हरि उप्रेती, भिम थापा, कुमार गुरूङ्ग लगायतका नेता–कार्यकर्ताहरू रहेका छन्।

राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको झापाको हल्दीबारी–१ स्थित निवासमा आयोजित कार्यक्रममा उनीहरूले नेकपा एमाले, नेपाली कांग्रेससहित विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेको घोषणा गरेका हुन्।

EPIC EPIC EPIC

राप्रपाले उठाउँदै आएको “भ्रष्टाचारविरुद्धको एजेन्डा” प्रभावकारी भएको र त्यसकै कारण पछिल्लो समय पार्टी प्रवेश गर्नेको संख्या तीव्र रूपमा बढ्दै गएको राप्रपाको दाबी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *