Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका दुई किशोरी २० दिनदेखि बेपत्ता

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाबाट बेपत्ता भएका दुई किशोरीहरू अझै फेला नपरेको परिवारले बताएका छन् ।

२० दिनअघि घरबाटै हराएका ती किशोरीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् । बुद्धशान्ति –२ की सात कक्षामा पढ्ने १३ वर्षीया कामना रणपहेंली र सोही पालिका वडा नं– १ की कक्षा ८ मा पढ्ने वर्ष १४ की गृष्मा नेपाली बेपत्ता भएका हुन् ।

EPIC EPIC EPIC

कामनाका बुबा सनमान रणपहेँली र गृष्माका आमा सङ्गीता नेपालीका अनुसार उनीहरूलाई सबै ठाउँमा खोजतलास गरिए पनि कुनै जानकारी पाउन सकेको छैन । स्थानीय प्रहरी कार्यालय , माइती नेपालमा समयमै खबर गरिएको र त्यहाँबाट पनि अहिलेसम्म कुनै खबर नआएको अभिभावकद्वयले बताए ।

सम्पर्कविहीन किशोरीहरूको बारेमा बुधवारे प्रहरी चौकीमा बुझ्दा पहिले पनि स्थानीय मेलाबाट हराएर केही दिनपछि प्रहरीले नै खोजेर ती किशोरीहरूलाई अभिभावकको जिम्मा लगाएको थियो । अहिलेसम्म कतै फेला नपरेको बताउँदै सबैतिर जानकारी गरिएको प्रहरीले बताएको छ । यदि कसैले देखे भेटेमा स्थानीय प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरी र अभिभावकले अपिल गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *