बुद्धशान्ति । झापामा मोटरसाइकल र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका- ३ निवासी ४० वर्षीय उपेन्द्र सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार बिहीबार बिहान कनकाई नगरपालिका- १ स्थित कमल पुलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको १-०१-००२ ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सोही मोटरसाइकलको पछाडि सवार सिग्देलको टाउकोमा गम्भीर चोट लागेको र उनको लाइफलाइन अस्पताल दमक उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका- ११ निवासी ५७ वर्षीय जीवन सुबेदीको बायाँ खुट्टा र बायाँ हातमा चोट सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अटो चालक ३० वर्षीय श्याम सुन्दर महतोलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।