बुद्धशान्तिमा चासोक तङ्नाम शुरु एक हप्ता चल्ने

झापा बुद्धशान्ति ४ मा चासोक तङ्नाम(उधौली पर्व) मेला शुरु भएको छ।किराँती समुदायको न्वागी पर्वको रुपमा मनाउने यो पर्वमा नयाँ अन्न चढाउने र सहकालका लागी प्रकृतिलाई धन्यवाद दिने चलन छ।
अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले उधौली पर्वलाई विशेष पर्वका साथ किराँत समुदायमा मनाउने परम्परा छ।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो। बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ।
बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताको पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ। सरकारले उधौली पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ।

बिभिन्न पुजा, साकेला र धान नृत्य सहित शुरु भएको आजको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष,वडाध्यक्षहरु,बिभिन्न संघ-सँस्थाका प्रतिनिधिहरु उपस्थित थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि भवानी खतिवडाले यस्ता पर्वहरुले हामिबिच सद्भाव बढाउदै सुन्दरता थप्ने उल्लेख गरे।
खतिवडाले परम्परागत रुपमा मनाइने यस्ता पर्वहरुमा गाउँपालिकाले निरन्तर साथ एवं सहयोग प्रदान गर्ने समेत उल्लेख गरे।

कार्यक्रममा बिभिन्न लोकनृत्य एवं झाकी समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रम एक हप्तासम्म चल्ने आयोजकले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *