Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा दोस्रो भोटेटार अन्तर जिल्लास्तरीय फुटवल प्रतियोगिता हुने

बुद्धशान्ति (पालिका सन्देश ) – झापाको बुद्धशान्तिमा दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । कोरोना कहरका बेला लामो समय खेल प्रतियोगिता हुन नसकिरहेको अवस्थामा बुद्धशन्तिको भोटेटारमा फुटबल हुन लागेको हो ।


बुधबार आयोजक समितिले पत्रकार सम्मेलन गर्दे पौष १७ गते देखि २४ गतेसम्म फुटवल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको खेल संयोजक नन्दकुमार याम्फु (राई) ले बताएका छन् ।

EPIC EPIC EPIC

लागु–औषध दुब्र्यसनी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटवल प्रतियोगिता आयोजना गर्ने भएको हो । पछिल्लो समय लागु–औषध प्रयोगकर्ता बढ्दै गएको र रोकथाम गर्न फुटवल सहयोगी बन्ने अपेक्षा आयोजकको छ ।


फुटवल खेलमा उनीहरुलाई ब्यस्त राख्ने, लागु–औषध प्रयोगकर्तालाई निःशुल्क उपचार गर्ने, लागु–औषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने, बिपन्न विद्यार्थीको पठन–पाठनमा सहयोग पु¥याउने र नमुना आधारभूत विद्यालयमा स्थापित अक्षयकोषलाई बृद्धि गरि १ लाख रुपैयाँ बनाउने उद्देश्यले यहि पौष १७ गते देखि २४ गतेसम्म फुटवल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको बुधवार पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।


न्यू–स्टार युथ क्लवले आयोजना गर्ने सो फुटवल प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको खेल संयोजक नन्दकुमार याम्फु (राई) ले जानकारी दिए । प्रतियोगितामा झापा, मोरङ र इलामका चलेका ८ वटा फुटवल क्लवले सहभागिता जनाउने आयोजकले जनाएको छ ।


जिल्ला फुटवल संघ झापाले उक्त फुटवल आयोजना गर्न स्विकृती दिएको छ । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उप–विजेता टोलीले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष कमल मुखियाले जानकारी दिए ।


त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड–फिल्डर, फरवर्ड, उच्च गोलकर्ता लगायतले पुरस्कार पाउने क्लवका सचिव गजुहाङ लिम्बूले बताए । उनका अनुसार बुद्धशान्ति गा.पा.को उत्तरी क्षेत्रमा रहेको भोटेटारको प्रचार–प्रसार संगै फुटवल खेलको प्रवद्र्धन गर्न प्रतियोगिता सहयोगी बन्ने छ । भोटेटार खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करीव ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

पत्रकार सम्मेलनमा आयोजक समिति
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *