बुद्धशान्ति गाउँपालिकाको २ नं. वडामा नि:शुल्क स्वास्थ्य विमा

जयपुर, झापा – आर्थिक अभावका कारण नियमित औषधि सेवन गर्न कठिनाइ झेलिरहेका नागरिकहरूका लागि बुद्धशान्ति गाउँपालिका-२ नं. वडा कार्यालयले ८० परिवारलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

वडाध्यक्ष सन्जु पौडेलका अनुसार, स्वास्थ्य विमा योजनाले प्राथमिकताको आधारमा छानिएका घरपरिवारलाई स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनेछ। यस कार्यक्रमअन्तर्गत आर्थिक रूपमा कमजोर तथा विशेष आवश्यकता भएका नागरिकहरूले निशुल्क स्वास्थ्य विमाबाट लाभ उठाउन सक्नेछन्।

EPIC EPIC EPIC EPIC EPIC

आवेदन दिने अन्तिम मिति: इच्छुक नागरिकहरूले २०७९/१०/०९ भित्र आवश्यक कागजातसहित वडा कार्यालयमा आवेदन दिनुपर्नेछ।

आवश्यक कागजातहरू:
१. नेपाली नागरिकताको प्रतिलिपि (यदि अन्य जिल्लाबाट जारी भएको भए बसोबास प्रमाणपत्र अनिवार्य)
२. अन्य आवश्यक कागजातहरू सम्बन्धित कार्यालयको मागअनुसार

वडाध्यक्ष सन्जु पौडेलले लक्षित समुदायका नागरिकहरूलाई तोकिएको समयभित्र आवेदन दिन अनुरोध गर्दै भन्नुभयो, “यो कार्यक्रमले समुदायका आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत प्रदान गर्नेछ। स्वास्थ्य सुरक्षाको लागि सबै नागरिकले यस अवसरको सदुपयोग गर्नुपर्नेछ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *