बुद्धशान्ति प्याब्सनको कार्यक्रममा साढे ४सय बिद्यार्थीको प्रस्तुति

निजि बिद्यालयहरुको छाता संगठन प्याबसन बुद्धशान्तिको आयोजनामा नृत्य तथा गायन कार्यक्रम सम्पन्न भएको छ।
बुद्धशान्ति गाउँपालिकामा रहेका कुल १४ बिद्यालयका ४५० बढि बिद्यार्थीले सहभागिता जनाएको प्याब्सन बुद्धशान्तिले जानकारी दिएको छ।

निजि बिद्यालयहरुको छाता संगठन प्याबसन बुद्धशान्तिको आयोजनामा नृत्य तथा गायन कार्यक्रम सम्पन्न भएको छ।बुद्धशान्ति गाउँपालिकामा रहेका कुल १४ बिद्यालयका ४५० बढि बिद्यार्थीले सहभागिता जनाएको प्याब्सन बुद्धशान्तिले जानकारी दिएको छ। ” यि पारिला घाममा गुन्द्रीमा पलेटी कसेर दिनभर साना नानीहरूको कला सुन्न र हेर्न पाए कति मज्जा आँउथ्यो”। आधुनिक नृत्यतर्फ प्रत्येक बिद्यालयले ११ जना र सांस्कृतिक…

” यि पारिला घाममा गुन्द्रीमा पलेटी कसेर दिनभर साना नानीहरूको कला सुन्न र हेर्न पाए कति मज्जा आँउथ्यो”।

आधुनिक नृत्यतर्फ प्रत्येक बिद्यालयले ११ जना र सांस्कृतिक नृत्य तर्फ १० जना गरी झण्डै ३०० बिद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका थिए।
त्यस्तै गायन र अन्य कार्यक्रममा समेत बिद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्ति ३ स्थित महानन्द शिक्षा सदनमा आयोजित कार्यक्रम बुद्धशान्ति प्याबसनका अध्यक्ष गंगा निरौलाको सभापतित्वमा भएको थियो।
प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सदस्य सन्जिव प्रधान बिशेष अतिथि रहेका थिए।

पहिलो सत्रमा एकल जुनियर र सिनियर गायन प्रतियोगितामा बिद्यार्थीहरुले बाद्द-बादनसँगै कला प्रस्तुत गरेका थिए भने दोश्रो सत्रमा अलग-अलग बिधामा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा मन्त्र-मुग्ध बनेका साहित्यकार टंक-विकल्प बिद्यार्थीहरुको प्रस्तुतिबाट प्रभावित भएको बताए।

उनले घाममा गुन्द्री ओछ्याएर बिद्यार्थीको कला सुन्न मन लागेको अनुभव सुनाए।
उनि भन्छन्, ” यि पारिला घाममा गुन्द्रीमा पलेटी कसेर दिनभर साना नानीहरूको कला सुन्न र हेर्न पाए कति मज्जा आँउथ्यो”।

प्रावि तहदेखी +२ सम्मका बिद्यार्थीहरुले गायन र नृत्यमा देखाएका प्रस्तुतिले अभिभावक र शिक्षकहरु पनि उत्तिकै दङ्ग थिए।
प्याब्सन बुद्धशान्तिले बिद्यार्थीहरुको शैक्षिक कार्यक्रम बाहेक बार्षिक तालिका नै बनाएर बिभिन्न क्रियाकलाप संचालन गर्दै आएको प्याब्सन बुद्धशान्तिका अध्यक्ष गंगा निरौलाले बताए।

केहि महिना अघि साहित्य सम्बन्धि कार्यक्रम सन्चालन गरेको प्याब्सनले आगामी दिनमा पनि यस्ता कार्यक्रमले प्राथमिकता पाउने उनको भनाई थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै महानन्द शिक्षा सदनका पृन्सिपल भिम श्रेष्ठले कार्यक्रमले सामाजिक र शैक्षिक क्षेत्रमा ठुलो प्रभाव पार्ने उल्लेख गरे।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय सँस्थाका प्रमुखहरु, साहित्यकार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन शान्ति निकेतनका प्रधानाध्यापक उदय चन्द्र कोइराला र चेतन शुवेदीले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *