
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले
३ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
झापाली समाज USA, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लिमिटेड. झापाको सहकार्यमा सीमान्तकृत तथा जेहनदार वर्गका ३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति पाउनेमा बुद्धआदर्श मावि बुधबारेका लक्ष्मी कट्टेल, श्री शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरका सोनु साउदेन र श्री शिशु सुधार आधारभूत विद्यालय, बुद्धशान्तिका अभिषेक रसाइली रहेका छन्।
उनीहरुलाई पहिलो किस्ता स्वरुप जनही ११ हजार रुपैयाँ संस्थाका अध्यक्ष श्री पुष्प प्रसाद रिजालले हस्तान्तरण गरेका छन् ।
छात्रवृत्ति छनौट समितीले त्यसमा समाबेश हुन गते जेष्ठ १० गते आवेदन आह्वान गरेको थियो ।
छनौट भएका विद्यार्थीहरूले दोस्रो किस्ता वापत यसै शैक्षिक सत्रमा दश हजार रुपैयाँ पुनः पाउने बुद्धशान्ति सहकारीका व्यवस्थापक चन्द्र अधिकारीले जानकारी दिए।
झापाली समाज USA, झापा विकास मञ्च काठमाडौँ, झापा जिल्ला सहकारी संघ लिमिटेड र सम्बन्धित सहकारी संस्थाको संयुक्त आयोजनामा ‘२०८० छात्रवृत्ति वितरण कार्यक्रम’ अनतर्गत जिल्ला भर विभिन्न सहकारीहरुसँग सहकार्य गरी ५९ जनालाई छात्रवृत्ति वितरण गरिएको हो।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष श्री गणेश ढकाल ज्यूको अध्यक्षता र बिर्तामोड नगरपालिका प्रमुख श्री पवित्रा महतरा प्रसाईँको प्रमुख आतिथ्यमामा पहिलो किस्ता वितरण कार्यक्रम सोमबार बिर्तामोडको आदर्श ब्याङ्क्वेट सम्पन्न भएको छ।



















