बुद्धशान्ति ३ मा युवालाई विद्युत जडान तालिम

img 20230412 wa0015

बुधबारे । बुद्धशान्ति ३ ले युवालाई स्वरोजगार बनाउने उद्धेश्यले विद्युत जडान तालिमको आयोजना गरेको छ । उक्त तालिमको एक कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरीएको छ ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुर झापा तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ को संयुक्त आयोजनामा विद्युत जडान तालिमको उद्घाटन गरीएको वडाध्यक्ष पर्शुराम चेम्जोङले बताएका छन् । उनले बेरोजगार युवाहरुलाई क्रमश यस्तै कार्यक्रम मार्फत समेट्दै रोजगारीका लागि सीप सिकाउने तयारी गर्दै गरेको बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC
img 20230412 wa0016

तीन महिना सम्म चल्ने तालिममा १६ जना युवायुवती सहभागी भएका छन् । तालिममा दीर्घलाल धिमालले सहजीकरण गर्नेछन् । उद्घाटन कार्यक्रममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरका बिनोद प्रसाद न्यौपाने, वडाका वडा सदस्यहरु नर्वदा चापागाईं, लिलाकुमारी दर्जी, दिपक सापकोटा, तिलनारान रिजाल, वडा सचिव हरिकुमार प्रधान लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *