Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति ५ र ६ मा १४ लाख बराबरका बिरुवा वितरण

बिष्णु लामिछाने , बुद्धशान्ति(पालिका सन्देश) – राष्ट्रापति चुरे-तराई मधेश संरक्षण बिकास समितीको कृषि वन कार्यक्रम अन्तर्गत बुद्धशान्ति वडा नम्बर ५ र ६मा विभिन्न प्रजातीका कुल २९१५० वटा बिरुवा वडावासीलाई वितरण गरिएको छ। चुरे क्षेत्रका विभिन्न ७ जिल्लामा संचालित कृषि वन कार्यक्रम अन्तर्गत यो बर्ष बुद्धशान्तिका २ वडामा बिरुवा वितरण गरिएको भु संरक्षण सहायक अधिकृत नैन बहादुर तामाङले जानकारी दिएका छन्।

“हामिले चुरे क्षेत्रलाई हरभरा बनाउने र यहाँका जनतालाई आत्मनिर्भर बनाइराख्ने उदेश्यले यो कार्यक्रम ल्याएका हौं”,सहायक अधिकृत तामाङले भने। चुरे क्षेत्रमा भइरहेको भु-क्षय रोक्नमा पनि यसले काम गर्ने उनको भनाई थियो।

EPIC EPIC EPIC

बिरुवाहरु वडाबासीको माग अनुरुप वितरण गरिएको छ। वडाकार्यलयले केही महिना अघि नै कृषकलाई आवश्यक बिरुवा र परिमाणको तथ्यांक संकलन गरी सोही अनुरुप बिरुवा मगाईएको वडा नम्बर ५ का वडाध्यक्ष बासुदेव खतिवडाले जानकारी दिए।

“कृषकलाई के को बिरुवा चाहिएको हो?कति चाहिएको हो? सबै विवरण टिपेर सो बमोजिम बिरुवा झिकाएका हौं,नदि कटान क्षेत्रका लागि त यो कार्यक्रम एकदमै प्रभावकारी हुने देखिन्छ,हाम्रो भेगमा मात्रै झन्डै ३० हजार बिरुवा रोपिने चानचुने कुरा होइन”वडाध्यक्ष खतिवडाले भने।

कार्यक्रम लागू भएको बुद्धशान्ति ६ का वडाध्यक्ष शम्भुप्रसाद पौडेलले पनि पर्यावरणीय र आम्दानीको हिसाबले कार्यक्रम प्रभावकारी हुने दावि गरे।

उनले भने,”तरकारी उत्पादनमा कृषक साथिहरु उत्साहीत छन्,अब फलफूलमा पनि केही गर्ने बेला आएको छ,आम्दानी र पर्यावरण दुबैमा टेवा पुग्ने यो कार्यक्रमको हामी निरन्तर अनुगमन गर्नेछौं”।
मंगलबार बिहान आइपुगेका बिरुवा दुबै वडाकार्यलयमा वितरण भएका हुन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *