बुधबारे जेसीज वर्ष २०२६ को अध्यक्षमा कुशल अधिकारी सर्वसम्मत

बुधबारे । बुधबारे जेसीजको वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। बुधबार सम्पन्न साधारण सभा तथा निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको हो।

नव–निर्वाचित अध्यक्षमा जेसी कुशल अधिकारी चयन भएका छन्। कार्यकारिणी उपाध्यक्षमा जेसी सोमनाथ भट्टराई र जेसी भेषराज राई चयन भएका छन्।

EPIC EPIC EPIC

त्यसैगरी, मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा जेसी अनिल घिमिरे, महासचिवमा जेसी बिनोद रिजाल र कोषाध्यक्षमा जेसी गजेन्द्र योङहाङ लिम्बू (गजुहाङ) मनोनित भएका छन्।

उपाध्यक्ष पदमा जेसी उत्तम तिम्सिना (उमेश), जेसी धर्मेन्द्र फागो, जेसी अर्जुन मेन्याङ्बो लिम्बु र जेसी अन्जन वाग्ले चयन भएका छन्।

निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त जेसी दुर्योधन सिंह राजपुत (देव)को संयोजनमा निर्वाचन प्रक्रिया सम्पन्न भएको हो। उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

नव–निर्वाचित अध्यक्ष अधिकारीले बुधबारे जेसीजलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा युवा सशक्तीकरणका क्षेत्रमा थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *