बुद्धशान्ति।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुद्धशान्तिसँग आफ्नो पुरानो साइनो रहेको बताएका छन्।
बुधबार रामजानकी मन्दिर भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २७-२८ सालमा बैठक बसेको स्मरण गरेका थिए।
उनले साबिक शान्तिनगर तर्फ इङ्गित गर्दै भने, ” यो पारी पट्टी पहिलाको शान्तिनगर १ क्षेत्रमा बास बसियो बैठक गरियो, पछी यहि ठाउँले मलाई ५६ सालमा जिताएर पठायो।”
काङ्ग्रेस र मालेको मोर्चा बन्दीका बिच मलाई जिताउनु भएको थियो, पुरुषहरुलाई गाह्रो थियो राजनीति गर्न त्यस्ता बेला बुधबारेका दिदिबहिनीले मलाई ठुलो सहयोग गर्नु भएको थियो त्यो बेला फेसबुक थिएन,टिभी थिएन, टिकटक थिएन तर पनि मैले जिते , उनले भने।
“यो बुधबारेको आफ्नै परिचय छ पहिचान छ धान मकै मरिच सुपारी अदुवा फलाएर आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल छ भन्दै ओली प्रशंसा समेत गरेका थिए।
अध्यक्ष ओली आफ्ना पुराना साथीहरु खडानन्द वाग्ले लगायत धेरै साथीहरूको सहयोग गरेको भन्दै आगामी दिनमा पनि त्यसरी नै नेकपा एमालेलाई माया गर्न अनुरोध गरेका थिए।