बेलबारीमा कुकुरले टोकेर घाइते भएका वृद्धको मृत्यु

मोरङ।
मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोकेर घाइते भएका १ जना पुरुषको मृत्यु भएको छ ।
बेवारिसे कुकुरले टोकेर घाइते भएका मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो । स्थानीयका अनुसार मगर केही समययता भाउन्ने क्षेत्रमै बस्दै आएका थिए ।
बाटो हिँड्दै गर्दा बिहीबार बिहान ९ बजेतिर उनलाई कुकुरले टोकेको थियो । दायाँ खुट्टाको पिँडुलामा टोकेर मगरलाई गम्भीर घाइते बनाएपछि घटनास्थलबाट कुकुर भागेको बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याक्खाले जानकारी दिए ।कुकुरले टोकेपछि मगर रक्ताम्य भएर सडकमा ढलेका थिए । वडाध्यक्ष याक्खाका अनुसार सडकमा लडिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि नगर अस्पताल बेलबारी लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइयो ।
अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । कुकुरले टोकेर लागेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन् ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । परिवारका सदस्य सम्पर्कमा आइसकेको र शुक्रबार पोस्टमार्टम गरेर शव जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *