भट्टराईको अध्यक्षतामा बुद्धशान्ति ६ मा युवासंघ गठन

बुद्धशान्ति -राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति -६ को प्रथम ऐतिहासिक वडा अधिवेशनले साैगात भट्टराईको अध्यक्षतामा वडा कमिटी गठन गरेकाे छ ।

EPIC

साेहि वडामा आज भएकाे अधिवेशनले उपाध्यक्ष साहिल बस्नेत, सचिव अशाेक भण्डारी, सहसचिव राेमिला गाैतम, सुमन सिँजाली र उत्तरा बस्नेत र काेषाध्यक्ष आश्ना लामा चयन भएका छन् । सदस्य पदमा पनि सर्वसम्मत पदाधिकारी चयन गरिएकाे छ ।

EPIC EPIC EPIC

युवा संघ गाउँ कमिटी अध्यक्ष सुजन भण्डारीको सभापतित्वमा भएकाे कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य दीपक गाैतम, नेकपा एमाले बुद्धशान्ति उपाध्यक्ष शम्भु पौडेल, नेकपा एमाले बुद्धशान्ति सहसचिव तथा युवा फाँट इन्चार्ज गुणराज अर्याल, एमाले बुद्धशान्ति ६ इन्चार्ज सूर्य खनाल, एमाले वडा कमिटी अध्यक्ष निलमणि नेउपाने लगायतकाे आतिथ्य रहेको थियो ।

बुद्धशान्तिमा आजबाट शुरू भएकाे वडा अधिवेशन केही दिन भित्र सबै वडामा सम्पन्न हुने बताइएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *