भदौ २३ र २४ को आन्दोलनमा मारिएका ४५ जनालाई सहिद घोषणा (नामावलीसहित)

काठमाडौं। सरकारले गत भदौ २३ र २४ गते देशभर भएका जन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ती व्यक्तिहरूलाई सहिद घोषणा गरेको हो। आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको प्रहरी–प्रदर्शनकारी झडपमा परी ती व्यक्तिहरूले ज्यान गुमाएका थिए।

EPIC EPIC EPIC

सरकारले सहिद घोषणा गरेका व्यक्तिहरूको नामावली यसप्रकार छः

१. बुद्धिबहादुर तामाङ – कीर्तिपुर–२, काठमाडौं
२. सन्तोष विश्वकर्मा – बेलका–४, उदयपुर
३. सुलभराज श्रेष्ठ – नेपालगञ्ज–१, बाँके
४. श्रीयम चौलागाई – बेलबारी–११, मोरङ
५. इसवतबहादुर अधिकारी – क.म.पा.–२९, काठमाडौं
६. आयुष थापा – नेपालगञ्ज–२, बाँके
७. गौरव जोशी – धनगढी–५, कैलाली
८. योगबहादुर श्रेष्ठ – बारबिसे–६, सिन्धुपाल्चोक
९. माधव सारु मगर – भुमिकास्थान–४, अर्घाखाँची
१०. बिमल बाबु भट्ट – बारपाक सुलिकोट–५, गोरखा
११. असहाव आलम ठकुराई – वीरगञ्ज–२२, पर्सा
१२. सौरभ किशोर श्रेष्ठ – बाग्लुङ–४, बाग्लुङ
१३. सुभाष कुमार बोहरा – खप्तड छान्ना–७, बझाङ
१४. रसिक खतिवडा खत्री – पनौती–१०, काभ्रे
१५. बिनोद महर्जन – ललितपुर–७, ललितपुर
१६. दिल नारायण तामाङ – तिमाल–७, काभ्रे
१७. योगेन्द्र न्यौपाने – गोलान्जोर–२, सिन्धुली
१८. अभिषेक श्रेष्ठ – इनरुवा–८, सुनसरी
१९. मोहन सरदार – इटहरी–११, सुनसरी
२०. छत्रमान कुसुमी – पाख्रिबास–२, धनकुटा
२१. ओझन बुढा – स्वामिकात्तिक खापर–२, बाजुरा
२२. साजन राई – धरान–२२, सुनसरी
२३. अनिश पराजुली – पालुङटार–३, गोरखा
२४. सारकुमार राई – चौदण्डीगढी–२, उदयपुर
२५. अर्जुन भट्ट – गण्डकी–४, गोरखा
২৬. चिरञ्जब श्रेष्ठ – तादी–३, नुवाकोट
२७. देवकुमार सुवेदी – लालबन्दी–५, सर्लाही
२८. उमेश महत – चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ – सिलिचोङ–३, संखुवासभा
३०. निखिता गौतम – कालिका–८, चितवन
३१. अभिषेक चौलागाई – शेलुङ–४, दोलखा
३२. विजय चौधरी – लहान–१६, सिरहा
३३. भीमराज धामी – दुर्गाथली–२, बझाङ
३४. निरज पन्त – दशरथ–६, बैतडी
३५. दिपकसिंह साउद – शिवनाथ–२, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ – ककनी–९, नुवाकोट
३७. ज्ञानिन्द्र सेढाई – अर्जुनधारा–११, झापा
३८. दिनेश राजवंशी – अर्जुनधारा–४, झापा
३९. कमल भण्डारी – हिलिहाङ–२, पाँचथर
४०. दिपेश सुलुवार – तिनपाटन–६, सिन्धुली
४१. महेश बुढाथोकी – बिगु–३, दोलखा
४२. लच्छुमान राई – पञ्चकन्या–२, नुवाकोट
४३. मिलन राय – दुधौली–८, सिन्धुली
४४. अमृत गुरुङ – रुपा–८, कास्की
४५. उत्तम थापा – लेकम–३, दार्चुला

सरकारले सहिद घोषणा भएका व्यक्तिहरूका परिवारलाई क्षतिपूर्ति तथा आवश्यक सहयोगका लागि गृह मन्त्रालयमार्फत विशेष व्यवस्था मिलाउने तयारी गरेको पनि स्रोतले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *