भद्रपुर झापा गोल्डकप: झापा ११ फाइनलमा, भद्रपुर ब्लेजर्ससँग उपाधि भिडन्त

भद्रपुर। मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा झापा ११ ले दुई गोल थप्दै जित सुरक्षित गर्यो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

झापा ११ ले खेलको ५५औं मिनेटमा अग्रता लिएको थियो। एरोन थापाले २५ यार्डबाट प्रहार गरेको फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले रोक्ने प्रयास गर्दा बल जाली चुमेको थियो। खेलको ८४औं मिनेटमा भुटानका सुरज रसाइलीले व्यक्तिगत प्रयासबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए।

अतिरिक्त समयको दोस्रो हाफमा रोहन कार्कीले झापा ११ का लागि दोस्रो गोल गर्दै अग्रता दिलाए। मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानी गोलकिपरले नियन्त्रण गर्न नसक्दा कार्कीले सजिलै गोल गरे। अन्त्यतिर हरिबहादुर आले मगरले समिर तामाङको क्रसपास सदुपयोग गर्दै टोलीलाई ३–१ को जित सुनिश्चित गराए।

खेलको म्यान अफ द म्याच झापा ११ का एरोन थापा घोषित भए। उनले नगद २१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

खेलपछि झापाका सहायक प्रशिक्षक सन्तोष गुरूङले टोलीको प्रदर्शन उत्कृष्ट रहेको र फाइनल प्रवेशले खेलाडीहरूमा थप आत्मविश्वास बढाएको बताए। भुटानी प्रशिक्षक दोर्जी खन्डुले खेल प्रतिस्पर्धात्मक भए पनि गोलकिपरको कमजोरीका कारण पराजित हुनुपरेको प्रतिक्रिया दिए।

प्रतियोगिताको फाइनल खेल फागुन १६ गते झापा ११ र आयोजक भद्रपुर ब्लेजर्सबीच हुनेछ। विजेताले नगद १३ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५ हजार, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई २१ हजार नगद दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा दर्शकका लागि विशेष पुरस्कारसमेत प्रदान गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *