Search
Close this search box.
Search
Close this search box.

भन्सार छली रोक्न सशस्त्र प्रहरी सक्रिय: कचनकवलबाट लाखौंको अवैध सामान बरामद

झापा। झापाको कचनकवल गाउँपालिका ०४ पूर्व लोदाबारी सीमाबाट सशस्त्र प्रहरी बल नेपाल, बिओपी केचनाका सशस्त्र प्रहरी निरीक्षक श्याम बहादुर लिम्बुको कमाण्डमा खटिएको गस्ती टोलीले सोमबार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याइएका विभिन्न सामग्री नियन्त्रणमा लिएको छ।

गस्ती टोलीले नम्बर नखुलेको ग्लामर मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको १,३३,४०० रुपैयाँ मूल्यको लत्ताकपडा र ८०,००० रुपैयाँ मूल्यको मोटरसाइकल गरी जम्मा २,१३,४०० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो। उक्त सामग्रीलाई भद्रपुर भन्सार कार्यालयमा बुझाइएको शप्रनी श्याम बहादुर लिम्बूले जानकारी दिएका छन्।

EPIC EPIC

त्यसैगरी, सोही स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई सीमाअञ्चलमा स्टोर गरी राखेको ११,१०० रुपैयाँ मूल्यका ३७ घरी केरा पनि नियन्त्रणमा भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चाडपर्वमा हुने भन्सार छली रोक्नका लागि निरन्तर गस्ती र अनुगमन गर्दै आएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *