भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय

भारतका ८ जना पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय सुनाइएको छ। कतारमा पक्राउ परेका उनीहरुलाई फाँसीको फैसला सुनाइएको हो। 

यो फैसलाबाट स्तब्ध भएको भन्दै भारत सरकारले उनीहरुलाई बचाउनका लागि कानुनी विकल्पहरुबारे खोजिने जनाएको छ। 

EPIC EPIC EPIC EPIC EPIC

फाँसीको सजाय सुनाइएका आठ जना भारतको जलसेनाका अवकाशप्राप्त अधिकारीहरु हुन्। जासुसी गरेको आरोपमा उनीहरुलाई गत २०२२ सेप्टेम्बरमा उक्राउ गरिएको थियो। संवेदनशील सूचना इजरायललाई दिइएको आरोप छ। 

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग सुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ। हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *