भारतको सिमलामा पहिरो जाँदा तिन नेपालीको मृत्यु

भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ।
सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए।
जेठा छोरा पनि उनीहरूसँगै बस्ने भए पनि अन्यत्र गएकाले बच्न सफल भएको वडाध्यक्ष खड्काले जानकारी दिए।

EPIC EPIC EPIC

केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीरपहिरोले जनधनको क्षति गरेको छ। रुकुम लगायत पस्चिमी जिल्लाबाट ठुलो संख्यामा नेपालीहरु रोजगारी र ब्यवसायका लागी भारत जाने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *