भारत,नागपुरमा गएराती सम्पन्न दोसो टि२० मा घरेलु टोलि भारत विजयी भएको छ।
वर्षाका कारण ८ ओभर प्रती साइडको खेलमा टस जितेर भारतले फिल्डिङ रोजेको थियो।
अष्ट्रेलियाका लागि कप्तान तथा ओपनर एरन फिन्चले ३१ रन बनाए भने विकेटकिपर ब्याट्सम्यान मेथ्यु वेडले आक्रमक खेल्दै २० बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ४३ रन बनाइ भारतलाई ९१ रनको लक्ष्य दिएको थियो।
भारतका लागि अक्षर पटेलले २ विकेट लिएका थिए। जवाफमा भारतले उक्त लक्ष्य ७.२ ओभरमा ४ विकेट गुमाउदै भेटाएको थियो।
भारतका लागि कप्तान रोहित शर्माले आक्रमक खेल्दै २० बलमा नटआउट ४६ रन र दिनेश कार्तिकले २ बलमा १० रन प्रहार गरेका थिए। अष्ट्रेलियाका एडम जाम्पाले ३ महत्त्वपूर्ण विकेट लिएका थिए। जित सङै ३ खेलको शृङ्खला १-१ को बराबरीमा छ । अन्तिम खेल आगामी आइतबार हैदराबादमा हुनेछ।
उता ७ टि२० को शृङ्खला अन्तर्गत तेस्रो खेलमा घरेलु टोलि पाकिस्तान इङ्लेन्डसङ स्तबध बनेको छ।
गएराती नै भएको अर्को खेलमा इङ्लेन्डले दिएको २२२ रनको लक्ष्य भेट्न पाकिस्तान चुकेको छ।
दोस्रो खेल उत्कृष्ट शैलिमा जितेको पाकिस्तान तेस्रोमा ६३ रनले पराजित बनेको छ। इङ्लेन्ड्का लागि डकेट(७०) र ब्रुक (८१) ले चौथो विकेटको लागि शतकिय साझेदारी गरेका थिए ।घरेलुु टोलिका क्वादिरले २ विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा२८ रनमा ४ विकेटको स्थिति रहेको पाकिस्तानले पुरै २० ओभरमा १५८ रन मात्र बनाउन सफल रह्यो। इङ्लेन्ड्का लागि मार्क वुडले ३ र आदिले राशिदले २ विकेट लिए ।चौथो खेल आगामी आइतबार हुनेछ।


















