मणिपुर र राजस्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको तिब्रता ३.५ रेक्टर स्केल मापन गरिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। मणिपुरको उखुरुलमा शुक्रबार बिहान ३.५ रेक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राजस्थानको राजधानी जयपुरमा ४.४ म्याग्नीच्युडको भूकम्प गएको हो । यसपछि जयपुरमा ३.१ रेक्टर स्केलको अर्को भूकम्प गयो ।
त्यसको केही समयपछि जयपुरमा फेरि ३.४ म्याग्निच्युडको भूकम्प गएको छ ।