भारतमा स्क्रब टाइफसका कारण ८ जनाको मृत्यु

भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बुश टाइफस पनि भनिने स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने रोग हो । यो जनावरहमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्छ । स्क्रब टाइफसको सबैभन्दा सामान्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीं चिलाउने जस्ता लक्षण देखिन्छन् ।  ​​​​​​​​​​​​​

EPIC EPIC EPIC

उडिसाका स्वास्थ्य सेवा निर्देशक निरञ्जन मिश्रले भन्नुभयो, “केही जिल्लामा उक्त भाइरस सङ्क्रमितको मृत्यु भएको रिपोर्ट आएको छ र हामी अहिले आठ जनाको मृत्युबारे अनुसन्धान गरिरहेका छौं ।”

मिश्रका अनुसार यस वर्ष राज्यभरि स्क्रब टाइफसको घटनामा वृद्धि भएपछि परीक्षणमा वृद्धि गरिएको छ ।निर्देशकका अनुसार गत वर्ष राज्यमा करिब एक हजार ५०० सङ्क्रमित भेटिएका थिए ।

“प्रारम्भिक चरणमा, यो रोगले सामान्य रूपमा प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोगबाट उपचार गर्न सकिन्छ । त्यसैले यदि यसलाई प्रारम्भिक चरणमा उपचार गरियो भने, यो जटिल हुँदैन ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *