भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध फुकुवाः २ लाख टन गहुँ निर्यात गरिँदै

काठमाडौं। नेपालका लागि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले प्रतिवन्ध फुकुवा गरेको छ ।

योसँगै भारतले नेपालका लागि २ लाख टन गहुँ निर्यात अनुमति पनि दिएको छ । विश्वका प्रमुख गहुँ निर्यातक रूस र युक्रेनबीच युद्ध भएपछि संसारभर गहुँको मूल्य आकाशिएको थियो । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई गहुँ दिन सहमति जनाएको जानकारी दिएका छन् । शर्माले एक्समा लेखेका छन्, ‘भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गरेको छ । नेपाल सरकार को अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यात अनुमति दिएको हो ।’ 

EPIC EPIC EPIC

भारत सरकारले सन २०२२ देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । गहुँ र आटाको मूल्यवृद्धि रोक्न र खाद्य सुरक्षा बलियो बनाउन भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *