भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबारसम्म आइपुग्ने

काठमाडौं- सरकारले गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबारसम्म आइपुग्ने भएको छ।

गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाएको थियो। जसमध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ। स्वास्थ्य सेवा विभागका अनुसार बाँकी १० लाख डोज खोप शनिबारसम्म आइपुग्ने भएको हो।

EPIC EPIC EPIC

‘कुन बार भन्ने अझै तय भइसकेको छैन तर शनिबारसम्म खोप आइपुग्ने कुरा भएको छ,’ व्यवस्थापन महाशाखा स्रोतले भन्यो। भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो भने २० लाख डोज सरकारले खरिद गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *