भारतीय विदेश मन्त्री जयशंकरले दिए नवनियुक्त नेपाली समकक्षी साउदलाई बधाई

image search 1681699768779

नयाँ दिल्ली। परराष्ट्रमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलाई आइतबार पदभार ग्रहण गरेको केही घण्टापछि बधाई दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको केही साताअघि नै नेपाली कांग्रेसका नेता साउदले परराष्ट्रमन्त्रीको शपथ लिएका छन् ।

जयशंकरले ट्वीट मार्फत यसो भने “एनपी साउदलाई नेपालको विदेश मन्त्रीमा नियुक्ति भएकोमा बधाई छ। हामी हाम्रो बहुआयामिक साझेदारीलाई अझ सुदृढ गर्न सँगै काम गर्न तत्पर छौं। तपाईंको नयाँ भूमिकामा सफलताको कामना गर्दछौं।”

EPIC EPIC EPIC

काठमाडौंमा भारतीय राजदूत नवीन श्रीवास्तवले साउदसँग शिष्टाचार भेट गरी जयशंकरको सन्देश सुनाएका थिए ।

नेपालको परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै भन्यो , “भारतका राजदूत नवी श्रीवास्तवले माननीय विदेशमन्त्री एनपी साउदसँग आज शिष्टाचार भेट गर्नुभयो। राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री डा. एस. जयशंकरलाई भेटेर बधाई सन्देश दिनुभयो।”

गठबन्धन साझेदार नेपाली कांग्रेसले नेताको नाम पठाउन ढिलाइ गरेपछि प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । सत्ता बाँडफाँडका विषयमा भएको सहमतिअनुसार नेपाली कांग्रेसले परराष्ट्रमन्त्री पदका लागि नेता सिफारिस गर्ने भएको थियो । नेपालका प्रधानमन्त्रीले आगामी केही साता भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *