भाेजपुर नगरपािलकाकाे अाठाै‌‍ नगरसभा सम्पन्न

nagar sabha

दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर जिल्ला भोजपुर नगरपालिका आर्थिक वर्ष २०८०÷०८१को आठौँ नगरसभा बाट निति तथा कार्यक्रम सहित अनुमानित वजेट पारित भएको छ ।

नगर सघको ५५ करोड १७ लाख , प्रदेशकाो ३ करोड ९४ लाख र स्थानिय तहको ४ करोड गरि कुल ६३ करोड १० लाख १६ हजार ६ सय बराबरको अनुमानित बजेट पास गरेको हो । जसमा आय तर्फ वित्तिय समानिकरण अनुदान संघ रु १० करोड २२ लाख राजश्व बाडफाड बाट रु ९करोड ५६ लाख ४४ हजार ,सर्सत अनुदान संघ ३४ करोड २० लाख ,बिशेश अनुदान रु १ करोड ,प्रदेश सर्शत अनुदान रु ८८ लाख ४९ हजार ,प्रदेश समपुरक अनुदानको रु १ करोड २२ लाख ६८ हजार आन्तरिक राजश्व तर्फको रु ४ करोड बराबरको आय प्रस्ताव गरिएको बजेट नगर प्रमुख कैलाश कुमार आलेले पेश गर्नु भयो ।

EPIC EPIC EPIC

जनताको आधारभुत स्वास्थ्य सेवालाइ गुणस्तर बनाउने ,वडास्तरमा वर्थिङ सेन्टर स्थापना गरि मातृशिशु स्वास्थ्यको कार्यलाइ विशेस ध्यान दिने निशुल भिडियो एक्सरे ७० बर्ष माथिका वृद्धवृद्धा , गर्भवति महिला ,सुत्केरिलाइ अस्पताल आउन निशुल्क एम्वुलेन्स पाठेघर खसेको महिलालाइ वडास्तरमै खोज तथा व्यवस्थापन लगाएतका कार्यलाइ जोड दिएको छ ।

शिक्षा ,स्वास्थ्य , कृषि ,पुर्वधार, खानेपानि , पशुपालन ,सहकारि पर्यटन औधोगिकरण ,सुसासन एंव न्याय सम्पादन लगाएतका बिषयलाइ प्राथामिकतामा राखेर निति तथा कार्यक्रम र वजेट पास गरेको हो । देश व्यापि रुपमा स्थानिय तह आव २०८०÷०८१ को निति तथा कार्यक्रम असार १० गते भित्र नगरसभामा पेश गर्नु पर्ने र असार भरिमा पास गर्नु पर्ने व्यवस्था रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च