सुर्खेत । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।
सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले बताए । “उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमै उहाँको निधन भयो,” रोकाले भने ।
सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।



















