दिपेन्द्र लुइटेल, भोजपुर । भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ ।
हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको स्थानियबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटरबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अबस्थामा परियारको लास फेला परेको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट समेत प्रहरी टोली खटि गएको छ ।