दिपेन्द्र लुइँटेल भोजपुर ।गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका बिनोद बान्तवा ७५१ मतान्तर सहित प्रतिद्वन्दी एमालेका खड्क बहादुर कार्की (प्रेम) लाई पछि पार्दै जित हासिल गरेका हुन ।
२०१५ साल पछि हरेक सम्सदिय निर्बाचनमा उपबिजेताको रुपमा चित्त बुझाएको काङ्ग्रेसले ६४ बर्ष पछि जित हासिल गरेको हो ।
बान्तवाले १३ हजार ५ सय ७९ मत प्राप्त गरेका छन भने ,यता कार्किले १२ हजार ८ सय २८ मत ल्याएका छन । प्रदेश सभा ख मा २९ हजार ४ सय ७४ मत खसेको थियो । १ हजार १ सय ४९ मत बदर भएको छ ।बान्तवा नेपाली काङ्ग्रेसको पाटी सभापती पनि हुन ।



















