दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बद्री कुमार श्रेष्ठ बिजयी भएका छन । प्रतिस्पर्धी निर कुमार बिक लाई ,४६ मत अन्नतरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्।
यस्तै प्र्थम उपाध्यक्षमा प्रकाश श्रेष्ठ , दितिय उपाध्यक्षमा बद्री कुमार श्रेष्ठ ,महासचिवमा बिन्द्र कुमार राई , कोषाध्यक्षमा जिबन कुमार श्रेष्ठ सचिबमा बिमल रणपहेलि निर्बाचित भएका छ्न । अन्य सदस्यमा भने दुबै तर्फबाट निर्बाचित भएका छन । आइतबार भएको संघको चुनावमा २७९ मत खसेको थियो ,३ मत बदर भएको छ ।