Search
Close this search box.
Search
Close this search box.

भोजपुर बाेखिम हुँदै काेट पाँचधारे जाने बाटाे कालोपत्रे भएको तीन महिनामै भत्कियो

 दिपेन्द्र लुइटेल भोजपुर । कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि भोजपुरका स्थानीय आक्रोसित भएका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोसित भएका हुन् । बोखिम –पिप्ले – खाल्डे– आहाले–दधिपुर– सल्लेनी सडक खण्डको साढे चार किलो मिटर सडक रौताहा–रामसागर विल्डरस जेभीले कालोपत्र गरेको हो । निर्माण सम्पन्न भएको केही महिनामै सडक भत्कीए पछि सडकको निर्माण गुणस्तरहिन भएको भन्दै स्थानीयले आवाज उठाएका छन् । ठेकेदार राम पौडलेले काममा लापारबाही गरेको स्थानीयको भनाइ छ । स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको माग गरेका छन् ।

‘‘स्थानीयको गुनासोबढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ’’ प्रमुख जिल्ला अधिकारि घिमिरेले भने,‘‘ सडक कालोपत्र भएको छोटो समयमा नै भत्किएको अवस्था छ । सडक तोकिएको मापदण्ड अनुसार बनेको छैन । सडकको अवस्थाको बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु ।’’  सडकलाई गुणस्तरिय तवरबाट निर्माण गर्न पटक÷पटक भनेपनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भोजपुर नगरपालिका ५ बोखिमका वडासदस्य निरकुमार फुयालले बताए । ‘‘सडक कालोपत्र भएको तीन महिना मै भत्किएको छ’’फुयालले भने,‘‘सडक भत्किएर आवतजावतमा समस्या छ । मैले नै सडकको यो अवस्था हेर्न नसकेर सरोकारवाला पक्ष बोलाएर अनुगमन गराएको हुँ । राज्य पैसाको चरम दुरुपयोग भएको छ । गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।’’

EPIC EPIC EPIC

ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यन्वयन इकाई झापा अन्तर्गत नेपाल सरकारको भ्याटसहित करिव साढे दश करोड लागतमा निर्माण भएको कार्यान्वयन इकाईका कामु आयोजना व्यवस्थापक विर बहादुर रावलले जानकारी दिए । यो सडक विग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नु पर्ने उनको भनाइ छ । सडकलाई तत्काल मर्मत गर्नको लागि पत्रचार गर्ने उनले जानकारी दिए ।‘‘सडक भत्किएको विषयमा हामीलाई पनि जानकारी आएको छ’’ उनले भने,‘‘एक वर्षसम्म सडकको मर्मत सम्भारको जिम्मा ठेकेदारलाई हुन्छ । त्यहाँ भएका त्रुटीलाई सच्याएर पुनः मर्मतको लागि ठेकेदारलाई पत्रचार गछौँ ।’’

कालोपत्र भएको सडक तीन महिना नपुग्दै भत्किएर आवतजावत समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङस उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा सडक मापदण्ड अनुसार निर्माण नभएको पाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । सडक भत्किएर, खाल्डाखुल्डी परेको प्रजिअ घिमिरेको भनाई छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *