भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने

काठमाडौं। भोलि बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार भोलि पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सी पश्चिम नेपालमा धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना समेत रहेको छ । बदली भने देशभर हुनेछ । तर यस पटक पनि मधेश प्रदेशमा भने ठूलो पानीको सम्भावना कम देखिएको मानन्धरले बताउनुभयो ।

EPIC EPIC EPIC EPIC EPIC

हिजोसम्मको अवस्थामा मधेशमा समेत वर्षाको सम्भावना रहे पनि प्रणालीमा आएको फेरबदलले मधेशमा ठूलो वर्षाको सम्भावना कम हुँदै गएको र भइहालेमा पनि सिमित ठाउँमा मात्रै हुने उहाँको भनाइ छ ।

भाेलि आइतवार र पर्सि सोमवार वर्षा भए पनि सोमवार राति वा मङ्गलवार बिहानदेखि नै वर्षा कम भएर मौसम खुल्ने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । मौसमविद् उज्जवल उपाध्यायका अनुसार बागमती, कोशी र गण्डकी जलाधारमा ठूलो वर्षाको सम्भावना छ । उहाँले भोलि र पर्सि खासगरी पृथ्वीराजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढखण्डमा सकेसम्म यात्रा नगर्न सुझाव दिनुभएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *