पालिका सन्देश– साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३२ दशमलब ३१ अंकले घटेको छ ।
२,७६५ दशमलव ६८ बिन्दुबाट सुरु भएको कारोबार १ दशमलब १७ प्रतिशतले घटेर २,७३३ दशमलव १२ बिन्दुमा पुगेको हो ।
बजार घटेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलब ९८ अंकले घटेर ५१५ दशमलब ४८ बिन्दुमा पुगेको छ ।
यस्तै १३ समूहमध्ये १२ वटाको सूचक पनि ओरालो लागेको छ । अन्य समूहको सूचक भने ० दशमलब ९४ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २ सय २७ वटा कम्पनीका ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको ७४ लाख ४८ हजारभन्दा बढि कित्ता शेयर खरिदबिक्री भयो ।
बजार घटे पनि १४ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १ सय ७१ कम्पनीका लगानीकर्ताले गुमाए । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ सय ८० रुपैयाँले वृद्धि भएर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक गुमाउनेमा आईसीएफसी फाइनान्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँले घटेर ८ सय १९ रुपैयाँ पुगेको छ ।
आज नेपाल दूरसञ्चारको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४१ करोड ५७ लाखभन्दा बढि कित्ता शेयर खरिदबिक्री भएको छ ।